टुक्रा टुक्रा हुँदै गएर हिस्सामा बाँडिए
मान्छे मान्छे हुनै बिर्सिए कित्तामा बाँडिए
यूग समेत बेइमान हो की अचम्म छु
कोही पार्टीमा बाँडिए कोहि भित्तामा बाँडिए
जाने सबैको गन्तव्य एउटै हो गोरेटो फरक भो
बाँचुन्जेल मान्छे कुरान बाइबल र गीता बाँडिए
~ ऋचा लुइँटेल ~
Richa Luitel
ऋचा लुइँटेल
नेपालगंज, बाँके
बाँसुरीका धुनहरू (२०५८),
भावनाको यात्रा (२०६१),
पुष्पलता कलमको डोबहरूमा (२०६१)