नबिन प्रधान

अगाडी हिँडेकाहरु छोडिने समय आयो 

अब हिंड्दा हिंड्दै फर्किने समय आयो 


भोलि परदेश बाट छोरा उड्ने कुरा छ 

चुहिने घरको छानो टालिने समय आयो

 

कम्तिमा यत्ति सिक्नु पर्छ धरहरा बाट 

लड्ने हरुको पनि उभिने समय आयो 


बाँस बनेर अग्लो हुनुको अहं नराख्नु 

हुरीको सिजन छ भाँचीने समय आयो 


~नबिन प्रधान ~

Nabin Pradhan