मन कहाँ स्थिर हुन्छ टोलाई रहँदा
खोज्यौ अर्कै तिम्रै काखमा निदाई रहँदा
प्रत्येक पटक आमा छाता ओढाउँछिन
त्यो शालिकलाई पानीले रुझाई रहँदा
तिमि खुशी हुँदा पागल भएँ भन्छौ
खै केके गर्दो हो पागल रमाई रहँदा
हेर्ने हरुको किनारमा लर्को देखिन्थ्यो
त्यो बालकलाई पानीले बगाई रहँदा
~ बिमर्श कँडेल ~
Bimarsha Kandel