शित को नतिजा सोचे भन्दा फरक आयो
घाम सँगै कर्कला मा हिराको चमक आयो
छोरो जन्मिदा, छोरो मर्दा, आज आफै मर्दा
आमाको जिवनमा मृत्यु तिनपटक आयो
जिउदै मरेर तिम्रो जन्ती बन्न पुगेको हुँ
फेरि देख्ने कसैले भनेनन् मृतक आयो
~ पृथक हिमाल ओली ~
Pruthak Himal Oli