नारायण गैरे

छुनुमुनु आँगनीमा नाच्छिन् मेरी नानी

मनमनै धेरै कुरा साँच्छिन मेरी नानी


कहिले बन्छिन आगोजस्तै कहिले बन्छिन पानी

मनमा सुन्दर सरल चित्र टाँस्छिन् मेरी नानी


रोए पनि उत्तिखेर दुख बिर्सिएर

मलाई हेरी मुसुमुसु हाँसछिन् मेरी नानी


~ नारायण गैरे 'सुमित्र'~

Narayan Gaire 'Sumitra'

डा. नारायण प्रसाद शर्मा गैरे

एउटा अर्को आकाश (२०६१)