गाउँमा थिएँ म बजारमा तिमी
खोज्दा खोज्दा भेटें बल्ल हजारमा तिमी
तिमि सित बातहरु धेरै गर्नु छ
एकछिन पर्ख पर्ख कति हतारमा तिमी
श्रुङ्गार गरेकी हुँदै होइनौ
तर पनि कति सुन्दर मुहारमा तिमी
हुन्छ नि छैन हुन्न पनि छैन
फँसेकी कि पो होउ कि कतै दोधारमा तिमी
~ वियोगी बुढाथोकी ~
Biyogi Budhathoki
वियोगी बुढाथोकी
आफन्तका चोटहरु (२०५२)
जून चाहेको रात (२०६०)
गजल तिम्रो नाम होइन (२०६३)