बोल्दिनौ जालिम रिसाई हिडी रह्यौ आखाँ तरी
जिन्दगीको हौसला मेरो सबै बर्बाद भो
छैन केहि चाहना प्रेमको धोको पुग्यो
मतलबी संसारको रित क्यै क्यै थाहा भयो
हिड्दछु बाटो समाती प्रेमको माला जपी
मुख लुकाई झ्यालमा हाँस्नु पर्दैन भो
~गुरु प्रसाद मैनाली ~
Guru Prasad Mainali
गुरु प्रसाद मैनाली * चर्चित कथाकार गुरु प्रसाद मैनालीको गजल पनि प्रकाशित छ। माथिको गजल पत्रिका शारदा: बर्ष १, अंक १२, बि.सं. २०६४ पुष, गजल विशेषांकमा प्रकाशित हो | |