तिमी भन्छौ सिन्दुर चुरा गाजल ल्याउने
म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने
के कमि छ के कुरा गर्नु छ ए जमाना
के जरूरी पर्यो म जस्तो पागल ल्याउने
सम्पति देखाएर अन्तिम कोशिस गरि हेरौं
मुर्दा घरका लासहरुमा हलचल ल्याउने
~ मुना बोहोरा ~
Muna Bohora