गणेश भट्ट अणु

यस्तो लाग्छ नबोलेरै ज्यान जान्छ

बोलाउँ भने आत्मसम्मान जान्छ


दिनभर पनि टिकाउन सक्दैन के गर्नु,

छायाँलाई लम्बाई दिएर बिहान जान्छ


त्यता देखेपनि नदेखेझै छ निरमाया

यता तिमी भनेपछि परान जान्छ


रुपियाँको खाँचो यति सम्म बढेको छ

दूध बेच्नका लागि गाई दोकान जान्छ


मान्छेको भुल्ने आदत देख्दा यस्तो लाग्छ

मलामि नलगेरै लास चिहान जान्छ


 ~ गणेश भट्ट अणु ~

Ganesh Bhatta Anu


नाम : गणेश भट्ट  

भिमसेन थापा-२

गोरखा


थप गजलहरु:


गजल १ 

सुध्रिन  सकेन  लेखेर  विचार भित्तामा।

राखेर  हेर्नुछ  तिम्रो  अनुहार  भित्तामा।।


यता   जिंदगी   झुण्डी  मात्र रहेको छ।

यता गुलियो भै  सक्यो  घार भित्तामा।।


कोठा  बाट काम  गर्न मिल्ने भएदेखि।

जिन्दगी   सीमित   छ   चार भित्तामा।।


कहिले  विज्ञापन   बनेर   पोष्टर   बनेर।

आई पुग्छ यो देशको सरकार भित्तामा।।


यसै को  सकिन्छ  यसै  को  बहुलाउँछ।

यसै  कसले  ठोक्छ र निधार  भित्तामा।।


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल २ 

बिस्तारै मन चिया बगानबाट हरायो 

एक लाहुरे बन्यो धरानबाट हरायो


छोरीको बिदाइ भएको छ आमाबाट 

लगाई राखेको गहना कानबाट हरायो 


मुग्लान गएकि यहाबाट हराएकाहरु

उस्लाई खोज्नुछ जो मुग्लानबाट हरायो


दिउँसो हात समातेर बजार घुमाईयो

छोरो राति ओच्छ्यानबाट हरायो


भेटिएलान बरु भुगोलमा हराउने हरु

उ त हरायो! जो तिम्रो मुस्कानबाट हरायो


· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल ३ 

जस हुँदो हो अपजस हुँदो हो 

त्यसैले यति धेरै बहस हुँदो हो 


हर बिदामा बच्चाले यस्तो ठान्छ 

आज पनि कुनै बिबश हुँदो हो  


 ~ गणेश भट्ट अणु ~

Ganesh Bhatta Anu