रचनाकारहरु
(१) मोतीराम भट्ट (वि.सं. १९२३-१९५३)का सिर्जनाहरु वि.सं. १९४५ देखी १९५३ को विचमा लेखिएको अनुमान गर्न सकिन्छ।
(५) मियां अंजद हुसेन 'अञ्जान'
(६) गजब
(७) रत्नलाल 'रत्न'
सङ्गीतचन्द्रोदय (प्रकाशित वि. सं. १९६९) (सम्पादन: गोपीनाथ लोहनी र दुर्गादेव पाण्डे) - ३२ गजल र ४ अन्य विधा = कुल ३६ सिर्जना
सङ्गीतचन्द्रोदय (प्रकाशित वि. सं. १९८४~, ई १९२७) (प्रकाशन: बा. शिव प्रसाद उर्फ राघोराम)
सङ्गीतचन्द्रोदय (प्रकाशित वि. सं. १९९८~ , ई १९४१) (सम्पादन: जी.सी. शर्मा)
ठुलो सङ्गीतचन्द्रोदय (प्रकाशित वि. सं. २००८~ , ई १९५१) (सम्पादन: सुब्बा होमनाथ केदारनाथ)
रचनाकार: मोतीराम भट्ट
गजल १ - यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन् XX
यता हेर्योँ यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्योँ उतै मेरा नजर्मा राम प्यारा छन्।
यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा
जता हेर्योत उतै मेरा, नजर्मा राम प्यारा छन्।
त्रिलोक चौधै भुवन् माहाँ प्रभु प्यापक जहाँ ताहाँ
कहाँ सम्मन भनूँ याहाँ सबैमा राम प्यारा छन्।
रसीलो रामको नाउ भजन् तिन्को सधैं गाउ,
दरस्मो हर्बखत पाउ दयालू राम प्यारा छन्।
पियारा भै हरी मेरा सधैं मन्मा रहुन् डेरा,
सबै संसारले भन्छन् र मातीराम प्यारा छन्।
गजल २ - यसबखतमा प्रीति गर्नु
गजल २ - पयर्मा कडा चोट
पयर्मा कडा चोट पायेर आये
म भन्दै थिएँ होस राखेर आये।
फजीती तहाँ भित्रको देख्छ जस्ले
उती फकँदा कान् समायेर आये।
म आउन्न पक्का भनी भन्नु क्यै दिन्,
यती दिन् पछि क्या छकाएर आये।
न केही भनेको न केही सुनेको
बिना कारणै मुख् फुलाएर आये।
म मागेर खोस्ने थिएँ मो कहाँ मन्
कता जानि त्यो मन् लुकाएर आये।
जतिले तहाँ भित्र ता जान पाये
त्यतिले दसेक् ठेक खाएर आए।
अहा कस्तरी छाती झल्क्यो हरीको
जसै मोति माला झुलाये र आये।
गजल ३ - इ सानै उमेर् देखि
इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे
अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि 'मोति' पनि झर्न लागे
गजल ४ -
गजल ५ -
गजल ६ - यति सम्म प्रीति गरी XX
यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें,
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें।
नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भयें न उता भयें।
बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें।
नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें।
नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भयें।
गजल ९ - दिनको पचास त
दिनको पचास त के हजार पटक् कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू।
रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू।
नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू।
वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू।
मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू।
तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू।
मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू।
तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू।
सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू।
गजल १०
गजल ११
गजल १२ - गजप्को देखियो त्यो
गजल १३
गजल १४
गजल १५ - यहाँले मलाई यति गर्नु होला
गजल १६ - भला सद्दै नआए
गजल १७ - म तिम्रो अघि पर्न
म तिम्रा अघी पर्न लायक् कहाँ छू,
यसैले अघी सर्न लायक् कहाँ छू।।१।।
हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू,
बिना मर्जी आँट गर्न लायक् कहाँ छू।।२।।
अरुका उपर अंखिभौं तानी हाने,
म जावो हरे ! मर्न लायक् कहाँ छू।।३।।
जहाँसम्म मन् चल्छ लौ हुन्छ घुर्कुन् ,
तिनै झैं नजर् तर्न लायक कहाँ छू।।४।।
सहडमै छ मन् हर्न सक्नू हरिले,
सुनिस् मोती त्यो गर्न लायक् कहाँ छू।।५।।
गजल १८ - खासा छ सबै रंगमा / जसै बंगको रंग ?
जसै बङ्गको रंग छाडेर आयें।
तसै फागुको रंगमा म हरायें।।१।।
विनोदको अहा आज खोज्दैछु माला।
नपायेर सार्है दुखी भै करायें।।२।।
उठ्यो झोक जसै योग साघूँ कि भन्ने।
तसै फागु खेलूँ भनी मन डुलायें।।३।।
अबीरको पनी रंग कच्चै रहेछ।
दसेक धार्निमा केहि बढ्तै घसायें।।४।।
ठुलो एक झ्याँगा भरी रंग थियो।
लुगा साथ पसी रंग पक्का जमायें।।५।।
पर्यो फेरि झोक्का अबीरको उ माथि।
अबीर ह्वैन मानो विभूती रमायें।।६।।
लिये झेलि ‘मोती’ अबीरको विभूती।
विनोदी भयी मन्त्र मैले जगायें।।७।।
गजल १९ - मलाई हिजो सम्म ?
गजल २० -
गजल २१ - जहाँ जान्छु देख्तछु झलमल सरोजिनी XX
गजल २२ - प्यारी कहाँ सम्म लेखूँ हेर मैले पत्रमा XX
गजल २३ -
गजल २४ -
गजल २५ - म देख्छु दीलले हर्दम शकल तिम्रो मेरी प्यारी XX
गजल २६ - अप्सरा झैँ स्वर्गको बम्बईका मालिनी XX
गजल २७ - सुनकी चरी
सुनकी चरी गुनकेसरी सिंले भरी मन के गरी,
लिनु नै परेछ अखीर परी यसरी मलाई नकच्चरी
गजल २८ -
गजल २९ -
गजल ३० - सुहाउँदैन अंगाले
सुहाउँदैन अंगाले मगाऊँ कोट रेन्किन्को
छकल्ली टोपि भो पर्दैन क्याप चाहिन्छ हार्मन्को
मिलाउँदैन ठिक बेला घडीवाल उल्लु हुस्सूले
दिई आडर भिरी लिनू घडी चेन साथ् कुकेल्वेको
कति झर्को तमाखुमा नली हुक्का न चाहिने
सजीलो सट चुरट् प्यूनू अमेरिक्यन टुब्याकोको
गजल ३१
दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो
पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो
गजल ३२
गरेको छु तन मन् धन सब् समर्पण
यकोतार ताकेर बर्छी नहाने
गजल ३३ -
गजल ३४ -
गजल ३५ -
गजल ३६ -