नारद निठुरी

 हाँसोको मुल्य छैन यहाँ आँसुको अर्थ छैन

ढलेको छ एउटा जीवन उठाउनलाई खर्च छैन


फटाहा र भ्रष्टहरुको बोला बाला चलिरह्यो

इमान्दार र सोझाहरुको कतै पनि चर्चा छैन


रुघा-खोकी निको पार्न बिदेसिन्छन् नेताहरू

गरीबलाई अस्पतालमा औसधीको पर्चा छैन


सुनखानी तामाखानी नेपालमै छ जताततै

खोजिगर्ने जाँगर अनि भेटाउने खर्च छैन


देशका लागि मर्न पनि तयार हुन नसक्नेले

जन्म लिनु कोखबाट यसको कुनै अर्थ छैन ।


~ नारद निठुरी ~

Narad Nithuri


नारद निठुरी 

चहर्याइरहेका घाउहरू (२०५८)