जब चल्दैन गुजारा तमाम सपना बेचेर
बटुको किन्ने सोच पलाउँछ आँखा बेचेर
जुन रक्सिले बाको कलेजो खायो बा खायो
छोराले खान्छ त्यै रक्सि मृगौला बेचेर
हामी यसलाई पनि ठुलो उपलब्धि ठान्छ
दश धुर घडेरी किन्यो डाँडा पाखा बेचेर
पानीले आधा देश डुबाए पछि थाहा भय
समुद्र पो किनिएको रहेछ खोला बेचेर
~ प्रमोद थापा ~
Pramod Thapa
प्रमोद थापा
अन्दाज (२०८२)