95 नेपाली गजल - Nepali Ghazal
  • हेर्दछु शहरमा गाउँमा उभिएर !

लेखकःझलक पौडेल बिचारी 1421 पटक पढिएको:

हेर्दछु शहरमा गाउँमा उभिएर !
क-कस्ले के पाए सल्लाह दिएर !

मन्दिर अगाडीको ढोकामा भगवान
माग्न बसेका छन् दानपत्र लिएर !

सत्यको जित हुन्छ भनेर ढाँटेछन्इ
तिहास मर्मत भयो शक्तिले सिएर !

के सोच्नु र यो संसार देखेपछि
रित्ताईदिउँ बरू जिन्दगी पिएर !

झलक पौडेल बिचारी

चौतारा-०५, स्याङ्जा ।
हाल-पोखरा