94 नेपाली गजल - Nepali Ghazal
  • खुसी अञ्जुलीमा अटेको थिएन ।

लेखकःकृष्ण श्री कृष्ण 1453 पटक पढिएको:

खुसी अञ्जुलीमा अटेको थिएन ।
जवानी फुलीमा अटेको थिएन ।

अझै याद बाँकी छ लैजान आऊ,
हिजो बाडुलीमा अटेको थिएन ।

शिखर चढ्न जाँदा कसैले नबिर्स,
कि तेन्जिङ चुलीमा अटेको थिएन ।

सधैँ बद्लिएझैँ त लाग्थ्यो परन्तु.
जहर काँचुलीमा अटेको थिएन ।

सुरक्षा दिएथ्यो सधैँ जो सिपाही,
उही घरमुलीमा अटेको थिएन ।

कृष्ण श्री कृष्ण

नाम: अर्याल कृष्ण
आँपचौर ७ धुमी ,गुल्मी
हाल: देवघाटधाम

संयुक्त गजल संग्रह:
ईन्द्रेणी
वीजारोपण