93 नेपाली गजल - Nepali Ghazal
  • जब विद्वान आउनेछन् आगो बोकेर

लेखकःएम् पी केयरलेस 1696 पटक पढिएको:

जब विद्वान आउनेछ्न आगो बोकेर
अनि मात्र आउनेछ परिवर्तन आगो बोकेर

हेरौ अब कहाँ कहाँ आगलागी हुनेछ
अाज फेरि हिडिदियो मन आगो बोकेर

छतको सहरमा खरको छनो छ तिम्रो
नदेखाउ यार पागलपन आगो बोकेर

मैले बाटो पहिलाउन सके, धन्य छ उ
आएको थियो दुस्मन आगो बोकेर

थोरै मन जल्दा पुरै जिन्दगी जलि गयो
आएको रहेछ यो यौवन आगो बोकेर 

एम् पी केयरलेस