8 नेपाली गजल - Nepali Ghazal
  • छहारीको खोजीमा ऊ निक्लिएको छ ।

लेखकःसरोज अनुराग 2679 पटक पढिएको:

छहारीको खोजीमा ऊ निक्लिएको छ
सायद घामले एकाबिहानै पिएको छ 

भर्खर् भर्खर् त्यो घरमा मन अडिदैँ थियो,
सुनेँ, आजबाट चामल सिद्धिएको छ 

ढुङ्गो भगवान् भएपछि मागौँला केही,
भगवान् ढुङ्गो भएपछि चिनिएको छ 

मेरो नभएर पनि ऊ मेरो हुनेछ,
मृत्युलाई अब जिन्दगी सोंचिएको छ 

शब्दहरू बीच बाटामा हराएपछि,
रुनुपर्ने ठाउँमा पनि हाँसिएको छ 

तैँले एउटा शेर सुनाउनै पर्ने भो 'अनुराग',
यो मौनताको आधा अर्थ निस्किएको छ 

सरोज अनुराग