88 नेपाली गजल - Nepali Ghazal
  • गधालाई गाई देख्छन्,गाई गधा देखिएका छन्

लेखकःउमेश आचार्य 4196 पटक पढिएको:

गधालाई गाई देख्छन्गाई गधा देखिएका छन्
मुहार उही ऐना उही, मात्र चस्मा बद्लिएका छन्

भट्टी छिर्छु तिमी भुल्न, मन्दिर लाग्छ मधुशाला
बोतलमा तिम्रै तस्विर,रक्सीमा याद मिसिएका छन्

भोलिदेखि मेरो आकाशकालो मात्र कालो हुन्छ
प्रेम गर्नेले जुन-तारा, झार्ने वाचा जो दिएका छन्

हारी रा'छन् आँफैँलाई, भूली माया गर्नेहरु
बाघ म्याँउ गर्‍या बेलाबिराला पो गर्जिएका छन्

ती पाउमा रम्न सक्ने, कसिङ्गर बन्न सकुँ
जतन गरी आँखाभित्र, राख्छु भन्ने टाढिएका छन्

उमेश आचार्य