• महफिल - वाचनमा रुपक बनबासी, गायनमा राज सिग्देल

News

काठमाडौं, ४ असार २०७३ शनिवार । मधुवन साहित्य परिवार र शब्दघरको आयोजनामा सर्वनाम थिएटरमा आयोजना हुँदै आएको "महफिल"को चौथो श्रृंखलाको वाचनमा गजलकार रुपक बनबासीले गजल वाचन गरे । गजलकार बनबासीका गजललाई राज सिग्देलले गजलहरु गायनमा प्रस्तुत गरेका थिए । खचाखच भरिएको सर्वनाम थियटरमा गजलका नयाँ तथा पुराना गजलकारहरु, गजलप्रेमीको उपस्थिति थियो ।